दुर्गा प्रसाईंको आन्दोलन सांस्कृतिक कार्यक्रममा परिणत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १०, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन सांस्कृतिक कार्यक्रममा परिणत भएको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो ।

प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो ।

आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस