कोशी प्रदेशसभा बैठकमा एमाले र राप्रपाको विरोध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १२, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १२, विराटनगर । प्रदेश सरकारले योजना कटौती गरेको भन्दै कोशी प्रदेशसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् ।

बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए ।

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस