जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।  

समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन भएका छन् ।

पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहेकी थिइन् ।

जसपाको कोसी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस