‘रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने छौँ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २७, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएको र त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हण्डर खाइरहेको बताएका छन् ।

आज काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर भएको दाबी गरे ।

प्रधानमन्त्रीले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आएको भन्दै त्यो चिन्ताजनक भएको बताए । तिनलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो ।

उनले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको उल्लेख गर्दै तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस