कांग्रेसका २२ नेताले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ५, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
कांग्रेसका २२ नेताले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

फागुन ५, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले आज सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।

अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ नेताले पार्टी हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पूरक प्रस्ताव दर्ता गराएका छन् । यसमा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापतिहरू छन्, जो अधिकांश सभापति देउवा पक्षधर नेताहरू नै हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस