‘हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ’ : मन्त्री ज्वाला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ५, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
‘हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ’ : मन्त्री ज्वाला

फागुन ५, काठमाडौँ । भौैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय गौरबको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका छन् ।

मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस