संसदमा महामन्त्री थापाको गर्जन-‘अर्थतन्त्रको सूचकांक सकारात्मक बनाउन प्रधानमन्त्री के गर्दै हुनुहुन्छ’ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
संसदमा महामन्त्री थापाको गर्जन-‘अर्थतन्त्रको सूचकांक सकारात्मक बनाउन प्रधानमन्त्री के गर्दै हुनुहुन्छ’ ?

फागुन ६, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चालू आर्थिक वर्षको ६० प्रतिशत समय गुज्रिँदा हुन नसकेको काम बाँकी समयमा कसरी पूरा हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । देशको अर्थतन्त्रको सूचकांक सकारात्मक भन्ने सरकारको दलिल आंशिक मात्र सत्य भएको उनले टिप्पणी गरे ।

आइतवार प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस महामन्त्री थापाले बाँकी समयमा राजश्वको लक्ष पूरा हुने र पूँजीगत खर्च हुने आधारबारे प्रश्न गरेका हुन् ।

महामन्त्री थापाले राजश्व नउठ्नु अर्थ प्रशासनको मात्र नभई मन्त्रिपरिषद्को क्याप्टेनको नाताले प्रधानमन्त्रीको समेत सरोकारको विषय भएको बताए ।
चालू आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदै गर्दा ४० प्रतिशत राजश्व उठेको र मुश्किलले २१ प्रतिशत पूँजीगत खर्च भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस