राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहाल भिड्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहाल भिड्दै

फागुन २८, काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मंगलवार चुनाव हुँदैछ । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रलाई सघाउने सहमति बनेको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाउने भएको छ । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नवगठित गठबन्धनको सहमति अनुरुप राष्ट्रियसभा अध्यक्ष पाएको माओवादीले उम्मेदवार बनाएका दाहाललाई एमाले, रास्वपा र जसपाको समर्थन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस