‘महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम’ : मन्त्री भगबती चौधरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ४० पटक पढिएको
‘महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम’ : मन्त्री भगबती चौधरी

चैत्र २४, विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । मन्त्री चौधरीले महिलालाई उद्यमशिलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताएकी हुन् ।

विराटनगरमा आजबाट सुरू भएको महिला उद्यमशिलता प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको बताईन् । निजी क्षेत्रले केही नयाँ कार्यक्रम मार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने पनि उल्लेख गरिन् ।

‘महिलालाई उद्यमशिलतामा जोड्ने योजना बनाइरहेका छौं । मुलुकका ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बिउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशिलताको मात्र विकास गर्दैन हज्जारौं महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ ।’ महिला आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पीडित रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस