इलाम २ मा सत्तारुढ एकीकृत समाजवादीका लिम्बूसहित ६ जनाको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ६१ पटक पढिएको
इलाम २ मा सत्तारुढ एकीकृत समाजवादीका लिम्बूसहित ६ जनाको उम्मेदवारी

चैत्र २४, काठमाण्डौँ । इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।​

सत्तारुढ नेकपा एकीकृत समाजवादीका जीतबहादुर लिम्बूसहित ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका लिम्बू, जनमतका प्रेम थामसुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै स्वतन्त्र रुपमा डाकप्रसाद गौतम र डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गरिसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयका ईन्द्रकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पनि मनोनयन दर्ता गर्न कार्यालयमा पुगिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस