सांसद अब्दुल खान चढेको कार धादिङमा दुर्घटना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २६, सोमबार (१ साल अघि)
  • ४५ पटक पढिएको
सांसद अब्दुल खान चढेको कार धादिङमा दुर्घटना !

चैत्र २६, काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को–को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस