कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

चैत्र २७, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस