राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि कांग्रेस र एमालेको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • ३३ पटक पढिएको
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि कांग्रेस र एमालेको उम्मेदवारी

चैत्र २७,काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभा सचिवालयले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको चुनाव भोलि हुनेछ ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । सत्ता गठबन्धनको समर्थन रहेकाले एमालेकी विमला घिमिरे सहज अवस्थामा देखिनुभएको छ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ ।

ताजा अपडेट

खोजी गर्नुहोस