उपनिर्वाचन : इलाम र बझाङमा आजबाट आचारसंहिता लागू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २८, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २८, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचासंहित लागू गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

यो आचारसंहित इलाम र बझाङमा लागू हुनेछ ।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाअन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस