सहकारी ठगी छानबिन

सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २३, बुधबार (११ महिना अघि)
  • ६९ पटक पढिएको
सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

जेठ २३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित विशेष संसदीय समितिले आज देखि काम थालेको छ ।

१५ जेठमा प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

#सहकारी ठगी छानबिन

ताजा अपडेट

खोजी गर्नुहोस