सहकारी पीडित

सहकारी पीडितसँग संसदीय छानबिन विशेष समितिले छलफल गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २५, मंगलबार (१० महिना अघि)
  • ७३ पटक पढिएको
सहकारी पीडितसँग संसदीय छानबिन विशेष समितिले छलफल गर्ने

असार २५, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरुसँग बुधबारको बैठकमा छलफल गरिने उनले बताए । सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।

#सहकारी पीडित

 

ताजा अपडेट

खोजी गर्नुहोस