चितवन दुर्घटना: प्रधानमन्त्रीबाट दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१० महिना अघि)
  • ८५ पटक पढिएको
चितवन दुर्घटना: प्रधानमन्त्रीबाट दुःख व्यक्त

|प्रम दाहाल काठमाडौँ, १४ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा आयोजित ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

असार २८,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

साथै उनले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।

चितवनमा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई उनले निर्देशनसमेत दिएका छन् ।

साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिल समेत गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस