त्रिशूली बस दुर्घटना: वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २९, शनिबार (१० महिना अघि)
  • १६६ पटक पढिएको
त्रिशूली बस दुर्घटना: वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु

असार २९,काठमाडौँ । शुक्रबार  त्रिशूली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।

र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं। १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका(२९ सिमलतालमा असार २८ गते बिहान नारायणी नदीमा खसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस