भाद्र १६, काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको बैठक आज बस्न लागेको हो । २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो ।
बैठक दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । महामन्त्री थापाको १५ औं महाधिवेशन, चुनावी गठबन्धन र विश्वप्रकाश शर्माको नेताहरूको बहिर्गमन प्रस्तावको विषयले पार्टीमा विवाद भएको थियो । तर, पदाधिकारी बैठकमा प्रस्तावमा लगभग सहमित जुटेको नेताहरूले बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनलाई भाषिक रूपमा मिलाएर केन्द्रीय समितिमा पास गर्ने सहमति भएको छ ।
#केन्द्रीय समिति बैठक