राम्रोसँग हेरेर नै राजदूत सिफारिस भएको जस्तो लाग्छ : परराष्टमन्त्री आरजु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • ६९ पटक पढिएको
राम्रोसँग हेरेर नै राजदूत सिफारिस भएको जस्तो लाग्छ : परराष्टमन्त्री आरजु

भाद्र १८, काठमाण्डौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छिन् । आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् ।

राजदूत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो। उनले एउटा राजदूत पद खाली भएको र त्यसमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् ।

सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिए । उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदूत राम्रो रहेको र उनीहरुले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस