गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (८ महिना अघि)
  • ५५ पटक पढिएको
गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

भाद्र २१, काठमाण्डौँ ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ।

सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताएका थिए। ‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याविनेटमा पुर्‍याउने भन्ने हो। तर मेरो लक्ष्य संसदमै पुर्‍याउने हो,’ उनको भनाइ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस