सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १५, मंगलबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

माघ १५, काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएको हो । विधेयकले फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

यो विधेयक संसदबाट पारित भएर ऐनको रूप लिएको ६ महिनाभित्र फेसबुकलगायत सामाजिक सञ्जालले सरकारको सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनुमति र सूचीकरण गर्नुपर्नेछ । यस्तै फेसबुकलगायत सामाजिक सञ्जालले नेपालमा सम्पर्कविन्दु स्थापना गर्नुपर्ने नभए सञ्चालनमा रोक लगाउनेजस्ता व्यवस्थासमेत विधेयकमा समावेश छ । कुनै पनि सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा आउनुअघि नै नेपालसँग अनुमति लिनुपर्ने व्यवस्था विधेयकले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस