मंसिर २४,धादिङ । धुनिवेशी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन आज प्रभात फेरी कार्यक्रम तथा सचेतना मुलक अन्तरकृया कार्यक्रम सम्पन्न गरको छ ।
नगरपालिका भित्रका विभिन्न महिला समुह, सहकारीमा आबद्ध भएका महिला ,मानव अधिकार रक्षाक, सामाजिक संघ संस्था तथा नागरिक समाजको सहभागिता रहेको कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाले सार्बजनिक गरेको २२ बुदे प्रतिवद्धताहरुको बारेमा जानकारि प्रदान गरिएको थियो ।
कार्यक्रममा धुनिवेशी नगरपालिकाले महिला वालवालिका तथा लैंगिक अल्पसंङ्ख्यकका लागि तय गरेका विविध कार्यक्रमहरुका बारेमा नगर प्रमुख बाल कृष्ण आचार्य जानकारी दिनु भयो।
नगर प्रमुख बाल कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख निरु खरेल प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र ब।अर्याल ,मानव अधिकार रक्षक धुनिबेशी अध्यक्ष उपाध्यक्ष , वडा अध्यक्ष ,महिला जनप्रतिनिधि ,नागरीक समाज, सुरक्षा कर्मी पत्रकार लगायतको सहभागीता रहेको थियो ।
त्यसैविच कार्तिक ३० गते हङकङमा सम्पन्न एक सय किलोमिटर अक्सफाम ट्रेलवाकर अल्ट्रा दौड प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरि धुनिवेशी र नेपालको नाम राख्ने धुनिवेशी नगरपालीका वडा नं २ कि रशिला तामाङलाई नगरपालिकाको प्रतिष्ठा उच्च राख्न मद्दत गरेको भन्दै नगरपालिकाले नगद रु २० हजार सहित सम्मान प्रत्र द्धारा सम्मान गरेको छ ।