हेटौँडामा लैङ्गिक हिंसाविरुद्व कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ मंसिर २५, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २५, हेटौंडा ।  लैङ्गिक हिंसाविरुद्व १६ दिने अभियानअन्तर्गत आज लैङ्गिक हिंसा, कारण र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ सञ्चालित कार्यक्रममा सहभागी महिला वक्ताले महिला सशक्तीकरणका साथै महिलामाथि हुने हिंसा रोक्न सरकारी तथा गैरसरकारी पक्षबाट कडाइका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अखिल नेपाल महिला सङ्घ मकवानपुरका अध्यक्ष पार्वती रानाले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले समाजमा महिलामाथि महिलाले नै भेदभाव एवं लैंगिक हिंसा गर्ने गरेकाले त्यसको न्यूनीकरणका लागि सबै महिला एक हुनुपर्ने जोड दिए ।

अखिल नेपाल महिला सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा पूर्वनेकपा माओवादी जिल्ला सचिवालय सदस्य प्रमिला लामा, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पाख्रिन, महिला सङ्घका विष्णु ओझालगायतले बोलेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस