सानैमा बिहे, पछि छोडपत्र

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७६ आश्विन ९, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौं । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ।

कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको  छ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ। उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ।

अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन्। बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तैपनि, बालविवाह रोकिएको छैन।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन्। उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन्।

पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन्। आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन्।

प्रेम सम्बन्धका कारण अधिकांश बालबालिकाले उमेर नपुग्दै हतारमा बिहे गर्ने गरेका छन्। अभिभावकको अनुमतिबिना कलिलैमा बिहे गरेका धेरै जोडी परिवारबाटै तिरस्कृत छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार ग्रामीण क्षेत्रमा बढी बालविवाह हुने गर्छ। जसकारण किशोरी आमाको संख्या बढेको, मातृमृत्युदर बढेको, अधिकांश बालबालिकाले बीचमै पढाइ छाडेको, सम्बन्धविच्छेद र बहुविवाह बढेको तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बाल अधिकारकर्मीको भनाइ छ।

हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि बिदेसिन बाध्य छन्।

ताजा अपडेट

खोजी गर्नुहोस