किसानबाट दुई लाख क्विन्टल धान खरिद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लाबाट २ लाख क्वीन्टल धान खरिद गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन् ।

व्यापारीले कम मूल्यमा धान खरिद गर्न थालेपछि किसानलाई उचित मूल्य उपलव्ध गराउनका लागि सरकारले समर्थन मूल्य निर्धारण गरेको छ । न्यूनतम समर्थन मूल्यमा अहिलेसम्म १ लाख ८६ हजार २ सय ८८ क्वीन्टल धान खरिद गरेको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए । मोटा धानको न्युनतम प्रतिक्वीन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसामा कम्पनीले किसानबाट खरिद गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस