फाल्गुण ५, काठमाण्डौ । नेपालमा मादक पदार्थ सेवन गर्नेको संख्या दिनप्रति दिन बढ्दो छ । त्यति मात्र होइन नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा रक्सी र चुरोटमा बढी खर्च गर्ने गरेको पाईन्छ । विदेशबाट आउने रेमिट्यान्सको धेरै पैसा विलासीका समान किनमेल र मादक प्रदार्थमा खर्च हुँदै आएको छ । मादक प्रदार्थ समाजमा अपराधिक गतिविधि बढ्नमा कारक तत्व रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सरकारले मादक प्रदार्थ किनबेच मापदण्ड बनाएको छ । प्रहरीले मापसे गरेर सवारी साधन चलाउने चालकमाथि पनि कडा दण्ड जरिवानाको प्रावधान लागु गरेको छ । तर मादक पदार्थ सेवन गरेर सवारी चलाउने मानिसको संख्यामा खासै कमी आउन सकेको छैन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत नौ वर्षमा तीन लाख २५ हजार जनालाई मापसेमा कारवाही गरेकोे छ ।
महाशाखाले सो अवधिमा तीन लाख २३ हजार पुरुष र दुई हजार एक सय महिलालाई कारवाही गरेको हो । जस अन्तर्गत प्रहरीले २७ सय जनालाई मापसे कारवाहीमा मुद्दा चलाएकोे छ ।
२८ प्रतिशतले मापसे गर्छन्
महानगरीय प्रहरीले मापसे गर्ने माथि विशेष निगरानी राख्दै ठाउँ–ठाउँमा चेक जाँच गर्दै आएको छ । नेपालमा कुल जनसंख्याको २८ प्रतिशतले रक्सी सेवन गर्ने गरेको एक सर्वेक्षण देखाउँछ । करिव २५ प्रतिशत नेपालीले उच्च रुक्तचाप नियन्त्रण गर्ने औषधि खाईरहेको अध्ययन बताउँछ । उच्च रक्तचाप हुनेका लागि मादक प्रर्दाथ हानिकारक मानिन्छ ।