फाल्गुण ५, काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ । माघसम्म विभागले उपत्यकामा र उपत्यकाबाहिरका गरी कुल १ हजार १ सय ६४ वटा फर्मको अनुगमन गरेको हो ।
सो अनुगमनपछि कुल १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको छ। विभागको ३ सय ५३ वटा टोलीले उक्त अनुगमन गरेको हो । उपत्यकामा ९ सय ८९ वटा र उपत्यकाबाहिर १ सय ७५ वटा कम्पनीको अनुगमन गरेको विभागले जनाएको छ ।
सो क्रममा कुल १ करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँको वस्तु नष्ट गरिएको छ । उपत्यकाभित्र १ करोड ५२ लाख ८४ हजार १ सय ९० रुपैयाँबराबरको र उपत्यकाबाहिर ८२ हजार ७ सय ९८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको हो । यसबीचमा २ वटा मुद्दा दायर र १८ वटा नमूना परीक्षण गरिएको विभागको भनाइ छ ।