सन्तोष सुवेदी
चैत्र १, धुनिवेशी । धादिङका बिभिन्न पालिकाहरुमा शनिबारदेखि दादुरा रुबेला खोप अभियान शुरु भएको छ । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्ध खोप दिन थालिएको हो । धुनिबेशिनगरपालिका वडा नम्बर ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र कानाकोटबाट खोप अभियानको सुरुवात गरिएको हो । खोप कार्यक्रमको प्रमुख अतिथीमा धुनिबेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्य रहेका थिए । बिषेश अतिथीमा स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल रहेका थिए ।
वडा नम्बर ९ का वडा अध्यक्ष साईला राईको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथीले खोप अभियानको उद्घाटन गरे । उद्घाटन गर्दै उनले खोप कार्यक्रमबाट कोही पनि छुट्न नहुने बताए । े । बालबालिकाहरुले सबै खोप पाउन सकेमात्र स्वस्थ्य हुन्छन् भन्ने हेतुले उमेर पुगेका सबैले खोप अभियानमा सहभागीता जनाउन आग्रह गरे । यसैक्रममा बिषेश अतिथीका रुपमा आएका स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले पनि दादुरा र रुवेला खोपमा सबै अभिभावकले आफ्ना बालबालिकाहरुलाई सहभागी गराउनुपर्ने बताए । दादुरा रुवेला खोप अभियान देशभर नै आजबाट सञ्चालन भएको छ ।