सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थामा सुधार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १४, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौँ । कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रुपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरूले चालु आर्थिक वर्षमा सुधार गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आज पेश गर्नुभएको सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा २०७७ मा संस्थानको समग्र वित्तीयस्थिति सकारात्मक रहेको पाइएको छ ।

आव २०७४र७५ मा संस्थानको कुल सञ्चालन आय रु तीन खर्ब ९० अर्ब ९२ करोड ६६ लाख भएकामा २०।२९ प्रतिशतले वृद्धि भई आव २०७६र०७६ मा रु चार खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ । यस्तै कुल नाफा गत आवको तुलनामा १२।३६ प्रतिशतले वृद्धि भई आव २०७५र०७६ मा रु ४८ अर्ब ७७ करोड ४१ लाख पुगेको छ । सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश आव २०७५र०७६मा अघिल्लो वर्षको तुलनामा ४।२८ प्रतिशतले कमी आई रु नौ अर्ब ४७ करोड नौ लाख प्राप्त भएको छ ।

आव २०७५र०७६ मा शेयरधनी कोषरनेटवर्थ गत आवको तुलनामा २१।०१ प्रतिशतले वृद्धि भई रु छ खर्ब १० अर्ब ५९ करोड ४२ लाख पुगेको छ । समीक्षा अवधिमा संस्थानमा कुल लगानी गत आवको तुलनामा २७।३६ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ ।

आव २०७५र०७६ मा सञ्चालनमा रहेका २६ संस्थान नाफामा रहेका छन् भने पाँच संस्थानको कारोबार शून्य र १३ संस्थान नोक्सानीमा रहेका छन् । जनकपुर चुरोट कारखाना, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी व्यावसायिकरुपमा सञ्चालित छैनन् । नेपाल ओरियन्ट म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना सञ्चालनमा छैनन् । नेपाल रेल्वे कम्पनी निर्माणाधीन रहेको र दुवै कम्पनीको प्रसासनिक खर्च मात्र भएकाले नोक्सानीमा छन् ।

नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानमा रहेका १३ संस्थानको खुद नोक्सान ३०६।५८ प्रतिशत छ । हाल अस्तित्वमा रहेको संस्थानमध्ये उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत १३, अर्थ मन्त्रालय मातहत आठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत पाँच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहत चार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत तीनरतीन संस्थान सञ्चालित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस