जेठ २५ भित्रै कर बुझाउन राजस्व विभागको ताकेता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्रै कर बुझाउन ताकेता गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन गरेको सरकारले कर भुक्तानी तोकिएकै मितिमा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना निकालेको हो ।

आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार २०७६ साल फागुन र चैत महिनाको कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा विवरण अनुसारको कर जेठ २५ गतेसम्म बुझाउनुपर्नेछ । फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुरसञ्चार सेवा दस्तुर पनि जेठ २५ गतेसम्म बुझाउन भनिएको छ । त्यस्तै २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६,७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम जेठ मसान्तसम्म दाखिला गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस