कोरोना रोकथामका लागि हालसम्म १० अर्ब रुपैयाँ खर्च, कसरी हुँदैछ खर्च ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस