जेठ २२, काठमाण्डौ । हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ । बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ ।
केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो । त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो ।