(update)संखुवासभा बाढी : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौँ । संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन ९ का सन्तोष राईको मृत्यु भएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस