सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद् लगायतले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हान फिर्ता लिएका छन् ।

सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता ईसीडी शिक्षकहरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी ,नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आईतबार विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता भएको जनाएका हुन् । आईतबार काठमाडौं उपत्यका भित्रका बिद्यालयहरुमा बन्दको प्रभाव नपरेपनि बाहिरका जिल्लाहरुमा भने पठन पाठन अवरुद्ध भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस