सरकारले भारतबाट धान, चामल र चिनी ल्याउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौँ । सरकारले भारतबाट १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने भएको छ ।

भारतले चामलको निर्यातमा कर लगाएको कारण नेपालमा चामलको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिलाई रोक्न सरकारले धान, चिनी र चामल भारतबाट ल्याउन लागेको हो ।

भारतले गत वर्ष भदौ अन्तिमदेखि कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस