आजको मौसम : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस