बेपत्ता नेपालीको खोजी गर्न भारतलाई सभामुखको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । आइतबार एक विज्ञप्ति मार्फत सभामुख देवराज घिमिरेले बेपत्ता भएको नेपालीको खोजी गर्न भारतलाई आग्रह गरेको छ ।
भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।

मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस