आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । देशमा हाल मनसुनी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ ।

मधेश, बागमती र कर्णालीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार राति कञ्चनपुरको शान्तिपुर–बेलौरी आसपास अति भारी वर्षामापन भएको छ । सो क्षेत्र भई बहने सुहेली, चौधरलगायत साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दिउँसो पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति देशभरको मौसममा सामान्य बदली रहनेछ । कोशी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस