फरेन्सिक जाँचका लागि प्रहरी ल्याबमा पठाइएको मोबाइल नै चोरि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब डीएफएलमा पठाइएको मोबाइल नै चोरी भएको छ । चोरी आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

बलात्कार आरोपमा उमेश सुनार नाम गरेका व्यक्ति पक्राउ परेका थिए। उनीबाट बरामद भएको मोबाइल परीक्षणका लागि प्रहरीको डीएफएलमा पठाइएको थियो। सोही मोबाइल चोरी गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–४ घर भइ काठमाडौं बस्दै आएका १८ वर्षीय अमृत योगी पक्राउ परेका छन् ।
उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस