शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा पक्राउ परेका डा रञ्जिनकुमार यादव रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादव रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले डा यादवलाई गत साउन २६ गते पक्राउ गरेको थियो । तर, उनको प्रमाणपत्र कीर्ते नपाइएपछि उनलाई रिहा गरिएको हो ।

नाम जुधेपछि अर्के रञ्जिनको ठाउँमा उनी पक्राउ परेको पाइएपछि रिहा गरिएको सीआईबीले बताएको छ । नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले च नं १२३र२०८०र०८१ प्र मिति २०८० साउन २८ गते पत्र पठाउँदै उनी नक्कली डाक्टर नभएको पुष्टि गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस