आजको मौसम : देशभरका अधिकांश भागमा हावाहुरीसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २१, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस