सन्दिप प्रकरण: किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र २१, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।

अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।

सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस