आजको मौसम : देशभरका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस