बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौँ । बागमती प्रदेश सरकारले आज शुक्रबार प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।
गत १८ भदौमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी छोनामको अवसरमा मकवानपुर, चितवन र धादिङमा विदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्लामा आज सार्वजनिक विदा दिएको हो । चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वागी पर्व मनाउँछन् ।
नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।

मकवानपुरको पश्चिम, चितवनको उत्तर र धादिङको दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस