सिक्किममा सम्पर्कविहीन बनेका इलामका ५ जना सम्पर्कमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २७, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २७, विराटनगर । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस