सिंगटीबाट बरामद ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौँ । गत असोज ११ गते दोलखाको सिंगटीबाट बरामद ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

न्यौपानेले तस्करी भएर आएको सुन खरिद गर्ने गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । यो प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस