नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौं दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस