यसपालिको दशैँ घमाइलो हुने, पानी पर्ने सम्भावना छैन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँको टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् ।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस