कात्तिक ५,काठमाडौँ । बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक(पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उनको आग्रह छ ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उनको अनुरोध छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकोबारे विवरण आउन बाँकी छ ।